Posts

Showing posts with the label कृषि

अमेरिकी फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान र रोग किरा व्यवस्थापन

Image
  -कृष्ण आचार्य भरतपुर, १५ असोज : चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ । देशभर प्रकोपको रुपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन् । उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा सङ्कलन गरिरहेका छन् । विभिन्न तरिकाले अनुसन्धान र परीक्षण सञ्चालन गरिरहेको अनुसन्धान कार्यक्रमले फौजीकीराको अण्डा सङ्कलन गरेको जनाएको छ ।     विगतका वर्षहरुमा नेपाल भित्रिएको अमेरिकन फौजीकीराले देशभर मकै बालीमा ठूलो क्षति पु¥याएको छ । अण्डा सङ्कलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने भएकाले सङ्कलन गरेको अनुसन्धान कार्यक्रमका वैज्ञानिक घनश्याम भण्डारीले बताउनुभयो । अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ । यसले पातको तल्लो भागमा अण्डा पार्छ । कहिलेकाँही माथिल्लो भागमा पनि यसले अण्डा पार्छ । यसले एउटा मकैको पातमा १५० देखि २०० अण्डा पार्छ । १५ देखि २१ दिनको जीवन अवधिमा यसले १ हजार ५०० देखि २ हजार अण्डा पार्ने भण्डारीले जानकारी दिनुभयो । “अण्डा सङ्कलनगरियो भने ...

काउली वर्गको तरकारीमा लाग्ने कालो कुहिने रोग

Image
  डा. रामदेवी तिमीला , रोगको परिचय : काउली वर्गको तरकारी खेती गरिने सबैजसो क्षेत्रहरुमा यो रोग लागेको पाईन्छ । नेपालमा पनि काउली, बन्दा, मूला, रायो, ब्रोकाउली, चाईनिज् बन्दा आदि बालीहरुमा यो रोग लागेको देखिएको छ । आद्र वातावरणमा पाईने यो रोग उष्ण र अर्धउष्ण वातावरण भएको क्षेत्रहरुमा बढी फैलिएको छ । चिसो बढी भएको ठाउँहरुमा यस रोगबाट हुने नोक्सानी न्यानो ठाउँहरुको दाँजोमा कमै हुन्छ । तर अनुकूल वातावरणमा रोगको कारणले गर्दा सम्पूर्ण बाली नष्ट हुन सक्छ । कालो कुहिने रोगको कारणबाट उत्पादनमा विभिन्न किसिमले ह्रास आउन सक्छ । नेपालमा यो रोग सर्वप्रथम २०२२ सालमा देखा परेको उल्लेख छ । रोगले ५० देखि १०० प्रतिशतसम्म बाली नष्ट गर्न सक्ने भएतापनि नेपालमा काउलीमा ६० प्रतिशत भन्दा बढी उत्पादनमा ह्रास आएको उल्लेख छ भने पुरै बन्दा बाली नष्ट भएको पनि पाईएको छ । जान्थोमोनास् क्याम्पेस्त्रिस् पीभी क्याम्पेस्त्रिस् (Xanthomonas campestris pv. Campestris) नामक शाकाणुको कारणले यो रोग लाग्ने गर्दछ । रोगको लक्षणः यो रोगले बालीको कुनै पनि अवस्थामा आक्रमण गर्न सक्दछ । ब्याडमा बेर्नाको दलीय पातको किनारा डढेर का...

इजरायलसँग कृषि र श्रम सम्झौता

Image
  काठमाडौँ, १५ असोज : नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिनेछ ।     सो समझदारीपत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गर्नुभएको छ । इजरायली अन्तरराष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा सो हस्ताक्षर भएको हो । नेपालका तर्फबाट हस्ताक्षर गर्न यही असोज ११ गते बसेको मन्त्रिपरिषद्ले सहमति दिएको थियो ।     विश्वका सयभन्दा बढी मुलुकका विज्ञलाई तालीम र सीप विकासको तालीमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो । राजदूत शाक्यले आफूले जिम्मेवारी सम्हालेर इजरायल आएदेखि नै सो विषयमा निरन्तर पहल गरेको र सफलता प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अव...

व्यावसायिक बेसार खेतीमा कृषकको आकर्षण

Image
परासी, १६ असोज : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक बसार खेतीतर्फ आकर्र्षित भएका छन् । पछिल्लो समय बेसारको माग बढ्दै जानाका साथै राम्रो आम्दानी हुने भएकाले यहाँका कृषकले व्यावसायिक रुपमा बेसार खेती गर्न थालेका हुन् ।     जिल्लामा व्यक्तिगत तथा सहकारीमार्फत बेसार खेती शुरु गरिएको छ । शुद्ध बेसारको माग बढ्दै गएकाले सहकारीमार्फत आफूहरुले व्यावसायिक रुपमा बेसार खेती शुरु गरेको सुनवल लघु उद्यमी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरबहादुर खड्काले बताउनुभयो । सुनवल नगरपालिका–१ मा सहकारीले बन्दाबन्दीकै बीचमा बेसार खेती शुरु गरेको हो । सहकारीमार्फत व्यावसायिक बेसार खेती गरिएको यो जिल्लामै पहिलो हो । मसला उद्योग सञ्चालन गरी बजारमा शुद्ध बेसार(धुलो) उपलब्ध गराउने उद्देश्यले सहकारी आफैँले यसको खेती थालेको उहाँको भनाइ छ । यसबाट खेती गर्नेलाई रोजगारी मिल्ने र अन्य शेयर सदस्यलाई यसको खेती गर्न उत्प्रेरित गर्ने संस्थाले अपेक्षा लिएको छ ।     बजारमा मिसावट बेसार मात्र पाइने भएकाले शुद्ध बेसारको माग बढ्दो छ । “ठूलो क्षेत्रफलमा बेसार खेती गर्ने सोचका साथ हामील...

निजी वनमा किसानको आकर्षण

Image
  भद्रपुर, झापामा धान खेत मासेर किसानले निजी वन लगाउन थालेका छन् । किसानले पछिल्लो समय निजी वनलाई बहुउत्पादनमूलक वनाएका छन् । जसबाट धान खेतीभन्दा बढी आम्दानी हुने गरेको छ । झापामा यस्ता किसानको सङ्ख्या ४३० पुगिसकेको छ । तीस वर्षदेखिको जुत्ता चप्पलको व्यापार छाडेर काठमाडौँबाट गाउँ फर्किएका कनकाई नगरपालिका–६ का शान्तिराज प्रसाईले चार बिगाहा धान खेतलाई निजी कृषि वनमा रुपान्तरण गर्नुभएको छ । उहाँले कृषि वनमा टिक, मसला, रक्तचन्दन र पाउलेनियाका विरुवा हुर्काउनु भएको छ । “दिनमा एकपल्ट वनमा नगई चित्त बुझ्दैन, हरियाली बढेको छ, चरा चिरबिराउँछन्,” सात वर्षदेखि कृषि वनमा रमाउनु भएका उहाँ भन्नुहुन्छ, “धान मात्र बाली होइन, अरु फलफूल लगाउँदा त्योभन्दा धेरै आम्दानी हुन्छ भनेर यता लागेको हुँ ।” उहाँले हुर्किदै गरेका ठूला रुख भएको वनभित्रै बेसार, केरा, मेवा, कागती, लिची, आप, अनारलगायत विभिन्न जातका फलफूलका बगैँचासमेत लगाउनुभएको छ । कृषि वनको जगेर्नाका लागि उहाँले पाथीभरा अग्र्यानिक कृषि प्रोडक्सन प्रालि नामक संस्था दर्ता गर्नुभएको छ । “गर्दा हुँदोरहेछ, धान खेत मासेर कृषि वन शुरु गरे, सन्तुष्ट छु्,”,...

लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल

Image
  ध्यान कुलुङ सङ्खुवासभा, भदौ २२ गते । हामीले विदेशमा एउटै बोटमा धान्न नसक्ने गरी गोलभेँडा फलेको देखेका हौँ तर अहिले नेपालमा त्यो पनि पहाडी जिल्लामा टनेलमा यस्तै खेती शुरु गरिएको छ । लकडाउनको समयमा आमनागरिक घरभित्रै रहिरहँदा दुई दाजुभाइलाई भने टमाटर खेतीले भ्याईनभ्याई छ । खाँदबारी नगरपालिका-४ पांमामा १० रोपनी क्षेत्रफलमा लगाइएको गाेलभेँडा राम्रो मूल्यमा बिक्री गरिरहेका बलबहादुर राई र गङ्गाराज कुलुङले मनग्गे आम्दानी लिइरहनुभएको छ । यो समयमा टमाटरको माग उच्च हुन्छ भन्ने बुझेका दाजुभाइले हाल दैनिक तीन सय किलोभन्दा बढी टमाटर उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । अन्य सिजनको समयमा भन्दा यो बेला उच्च मूल्यसमेत पाउने भएकोले टनेल बनाएर टमाटर उत्पादन गर्नुभएको हो । अहिले सङ्खुवासभाको बजारमा टमाटरको मूल्य प्रतिकिलो १६० रुपियाँ छ । जिल्लाका व्यापारीहरूलाई भने १२० रुपियाँको दरले उपलब्ध गराउँदै आउनुभएको छ । हाल भइरहेको उत्पादनले सम्पर्कका व्यापारीहरूको माग धान्न नसकेको कृषक बलबहादुर राईको भनाइ छ । लकडाउनको समयमा तराईको तरकारीहरू अत्यन्तै कम आउने र स्थानीय उत्पादन पनि न्यून भएको...

३० अर्बको धान चामल आयात

Image
  आज असार १५ अर्थात धान दिवस । सरकारले २०६२ सालदेखि धान दिवस मनाउन थालिएको हो । सरकारले डेढ दशकदेखि धानको उत्पादनलाई वृद्धि गर्न धान दिवस मनाए पनि नेपालमा भने भने वर्षीनै ३० अर्ब रुपैयाँभन्दा माथिको चामल विभिन्न देशबाट भित्रने गरेको छ । धान उत्पादन बढाउन सरकारले मलमा अनुदान दिनुका साथै सिँचाइमा ठूलो लगानी गरेको छ । कृषि प्रधान देश भएपनि  पनि नेपाली बजारलाई आवश्यक पर्ने धान भने उत्पादन गर्न सकिरहेका छैनौं ।  चालु आर्थिक वर्षको ११ महिनामा मात्रै नेपालले ३० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । आर्थिक वर्ष २०७५/७६ को १२ महिनामा करिब ३२ अर्बको धान र चामल आयात भएको थियो । कुल आयात भएको धान चामलमा ९ अर्ब रुपैयाँ बराबरको धान आयात भएको छ भने २० अर्ब रुपैयाँ बढीको चामल रहेको छ । बीउबीजनको प्रयोजनको लागि पनि केही धान आयात भएको देखिएको छ । सरकारले धेरै धान उत्पादन गर्ने उद्देश्य सहित विदेशबाट पनि उन्नत धानको बिउ आयात गर्दै आएको छ । यस वर्ष समग्र आयात १५ प्रतिशतभन्दा बढीले घटेपनि चामल आयात भने नघट्ने देखिएको छ । यो वर्ष समग्र आयात घटेको देखिए पनि धान र चामलको आयात ...

बिक्री हुन थाल्यो कौसीको तरकारी

Image
    कास्की । पोखरा महानगरपालिका वडा नं ८ नागढुङ्गाका कौसी कृषकले उत्पादित तरकारीको बिक्रीवितरण गर्न शुरु गरेका छन् । कौसी खेतीलाई व्यवस्थित गरेर अभियानमा सक्रिय स्थानीयवासीले तरकारीमा आत्मनिर्भर बन्दै बिक्रीवितरण गर्न शुरु गरेको कौसी खेती कृषक सावित्री घिमिरेले जानकारी दिए ।   “हामी पहिलापहिला आफूलाई बढी भएको तरकारी छरछिमेकमा बाँड्ने गथ्र्यौँ, पछिल्लो समय भने लगानी र मेहनतलाई ध्यान दिँदै कौसीमा पनि  व्यावसायिक तरकारी उत्पादन गर्न सकिन्छ र आयआर्जनको बाटो बनाउन सकिन्छ भनेर बिक्री गर्न शुरु गरेका हौँ ।”  उनले वडाका तीन टोल विकास संस्था मिलेर बनेको नागढुङ्गा विकास समाजले कृषि उपज सङ्कलन तथा बिक्री सहजीकरण वितरण केन्द्रमार्फत तरकारी बिक्री गरिने बताए ।   घिमिरेका अनुसार समाजमा १२० घरधुरी सदस्य छन् । सबै कौसीमा धेरथोर तरकारी लगाएर तरकारीमा आत्मनिर्भर बनेका छन् । अहिले घरमा फलेको तरकारी टिपेर सामाजिक सञ्जालमा राखेपछि ग्राहक तरकारी लिन आइपुग्छन् । घिमिरेले कौसीको तरकारी कुनै व्यापारीलाई नभई सीधै उपभोक्तालाई मात्रै बिक्री गरिने जानकारी दिए ।  उक्त क्षेत्रका कौस...

कौसी खेतीका एक प्रेरक पात्र, जो आफ्नो कला बाँड्न आतुर छन् (भिडियाेसहित)

Image
लकडाउनको बेला घरमा थुनिएर बसेका धेरैले सामाजिक सञ्जालमा आफ्नो पराक्रम देखाउँदै फोटो पोस्ट्याए।  तरकारी बारी झल्किने ती तस्बिरमा क्याप्सन हुन्थे- लकडाउनको सदुपयोग, अर्गानिक तरकारीको स्वाद ! तर, त्यस्ता फेसनवाला कौसी किसानको कथा होइन, यो।  काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिका वडा नं. ३ का भरत प्रसाद लामिछाने सरकारी सेवाबाट अवकाश भएपछि कौसी खेतीमा व्यस्त एक किसान हुन् । जो कौसी खेतीका एक उदाहरणिय र प्रेरक पात्र हुन्।  उमेरले ६० काटिसकेका लामिछानेमा अहिले पनि उत्तिकै जोस र जाँगर देख्न सकिन्छ । बिहान उठेदेखि बेलुकी झिसमिसे साँझसम्म कौसी तथा करेसाबारीमा देखिरहने लामिछाने अधिकांश समय कौसी खेती सम्बन्धी तालिम तथा व्यक्तिगत परामर्शमा तल्लीन रहन्छन् । जीवनको लामो समय कृषि प्राविधिकको रूपमा बिताएका लामिछाने आफूले जानेको सिप अरूलाई पनि सिकाउन पाउँदा सारै हर्षित हुने बताउँछन् ।  पछिल्लो समय सहरी क्षेत्रमा किसानले उत्पादन गर्ने कृषियोग्य भूमिको मात्रा घट्दै बेला लामिछानेको शिक्षा वास्तव मै काम लाग्न सक्छ। किनकि यहाँको उर्वर  जमिन ससाना टुक्रामा खण्डित हुने ...

‘१० अर्ब बराबरको पाउडर दूध र बटर विग्रने अवस्थामा पुग्यो’

Image
  नेपाली उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण साधारणसभाको लागि तय भएको मिति तेस्रो पटक सारिसकिएको छ । उद्योगी व्यवसायीहरूले महोत्सवको रुपमा लिने गरेको यस साधारण सभाले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । डेरी एशोशिएसनका पूर्व अध्यक्ष तथा सिताराम गोकुल मिल्क लिमिटेडका प्रवन्ध निर्देशक सुमित केडिया पनि चुनावी मैदानमा होमिने भएका छन् । उनै केडियासँग महासंघको चुनावी सरागर्मी तथा महासंघले लिनुपर्ने आगामी कदम र नेपाली बजारमा दूध उत्पादन तथा बजारीकरणका विषयमा गरिएको आर्थिक वहसः  नेपाल उद्योग वाणिज्य महासंघको चुनावको उम्मेदवारी दिँदै हुनुहुन्छ ? कस्तो हुँदैछ तयारी ? अध्ययन सकिएपछि म उद्योग व्यवसायमा लागे । मैलै धेरै नजिकबाट उद्योग क्षेत्रका पीडा बुझ्न पाए । सुत्केरीको व्यथा सुत्केरीलाई थाहा भएजस्तै मैले धेरै उद्यमी व्यवसायीको पीडा बुझ्न र ममन गर्न पाए । उहाँको पीडा नजिकबाट नियाल्न पाए । मैले वस्तुगत परिषद्को उपसभापतिमा रहेर ३ वर्ष काम गरिसकेको छु । एउटा तहमा बसेर काम गरिसकेपछि अलिक अगाडि बढेर काम गरौं भन्ने इच...