कृषक संरक्षणविनाको कृषि विकास

सुशील पौडेल २०७७ जेठ ३२ गते १३:१४ मा प्रकाशित नेपालको अध्यावधिक योजना, राष्ट्रिय कृषि नीति र कृषि वस्तु सम्बन्धित दर्जन बढी नीतिहरूमा कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यवसायीकरण र वातावरणीय अनुकूल कृषि प्रविधिको विकासलाई मुख्य रणनीतिको रुपमा राख्ने गरिएको छ । कोरोना महामारीले खुम्च्याएको पर्यटन, यातायातलगायत व्यक्ति स्वयं सम्पर्कमा रहेरमात्र प्रदान गरिने सेवा र वैदेशिक रोजगारीबाट विस्थापित श्रमिकको व्यवस्थापनका लागि कृषि क्षेत्र राम्रो विकल्पको रुपमा रहेको हुँदा आ.व. २०७७/७८ को बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । आ.व. २०७६/७७ मा कृषिको आन्तरिक उत्पादन ११८५ अर्ब हुने, कृषि उपजको आयात मासिक सरदर १८ अर्बको दरले २१६ अर्ब र निर्यात मासिक सरदर ४ अर्बका दरले ४८ अर्ब रहने अनुमानको आधारमा नेपालमा १,३५३ अर्बको कृषि उपज खपत हुने गर्दछ । आयातित कृषि वस्तुको मुख्य सूचीमा खसीको मासु, माछा, चामल, मकै, गहुँ, चना, केराउ, आलु, प्याजलगायतका हरियो तरकारी, फलफूल, तेलहन, रक्सीको खाद र खाद्य पदार्थबाट बनेका वस्तुहरू रहेका छन् । प्राविधिक रुपमा सहजै उत्पादन गर्न सकिने ...