३० अर्बको धान चामल आयात

३० अर्बको धान चामल आयात

 आज असार १५ अर्थात धान दिवस । सरकारले २०६२ सालदेखि धान दिवस मनाउन थालिएको हो । सरकारले डेढ दशकदेखि धानको उत्पादनलाई वृद्धि गर्न धान दिवस मनाए पनि नेपालमा भने भने वर्षीनै ३० अर्ब रुपैयाँभन्दा माथिको चामल विभिन्न देशबाट भित्रने गरेको छ । धान उत्पादन बढाउन सरकारले मलमा अनुदान दिनुका साथै सिँचाइमा ठूलो लगानी गरेको छ । कृषि प्रधान देश भएपनि  पनि नेपाली बजारलाई आवश्यक पर्ने धान भने उत्पादन गर्न सकिरहेका छैनौं । 

चालु आर्थिक वर्षको ११ महिनामा मात्रै नेपालले ३० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । आर्थिक वर्ष २०७५/७६ को १२ महिनामा करिब ३२ अर्बको धान र चामल आयात भएको थियो । कुल आयात भएको धान चामलमा ९ अर्ब रुपैयाँ बराबरको धान आयात भएको छ भने २० अर्ब रुपैयाँ बढीको चामल रहेको छ ।

बीउबीजनको प्रयोजनको लागि पनि केही धान आयात भएको देखिएको छ । सरकारले धेरै धान उत्पादन गर्ने उद्देश्य सहित विदेशबाट पनि उन्नत धानको बिउ आयात गर्दै आएको छ । यस वर्ष समग्र आयात १५ प्रतिशतभन्दा बढीले घटेपनि चामल आयात भने नघट्ने देखिएको छ । यो वर्ष समग्र आयात घटेको देखिए पनि धान र चामलको आयात भने घटेको देखिएको छैन । यसको अर्थ नेपालको परनिर्भरता अझ बढ्दो क्रममा छ भन्ने हो । 

नेपाली बजारको आवश्यकता अनुसार धान उत्पादन हुन नसक्दा वर्षीनै चामलको आयात बढ्दै गएको कृषि विकास मन्त्रालयले बताएको छ । वैदेशिक रोजगारीका कारण नेपालका धान फल्ने अधिकांश भूमी बाझो छन् । रोपाइँ गरिएका ठाउँमा पनि समयमा मल नहुँदा धान खेती प्रभावित भएको छ । साथै, सिँचाइको सुविधा नहुँदा किसानहरू मनसुनको भरमा किसानहरू खेती लगाउँन बाध्य छन् । 
अर्कोतिर नेपालीमा भातै खानुपर्ने बानीले गर्दा पनि वर्षीनै चामल तथा धानको आयात  बढ्दै गएको हो । यी सबै कारणले नेपालको आवश्यकताअनुसार धान उत्पादन गर्न नसकिएको हो । नेपालमा सबैभन्दा बढी चामल भारतबाट आएको छ भने चीन, थाइल्याण्ड, जापान, स्पेन, इटली, कोरिया तथा अमेरिकाबाट आउने गरेको छ । यी देशबाट ब्राउन तथा नर्मल चामल आयात हुने गरेको छ । 

स्रोतःhttps://aarthiknews.com/news/19949

Comments

Popular posts from this blog

What is Prompt Engineering? How to Acquire Expertise?

California State University Launches Systemwide ChatGPT Edu Deployment

Nepali Numbers 1 To 100 १ देखि १०० सम्म नेपाली संख्याहरु ।