Posts

Showing posts with the label प्रबिधि

अब मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न एउटै सर्ट कोड

Image
  अबदेखि मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्नसबै सेवा प्रदायकको एउटै सर्ट कोड हुने भएको छ। मोबाइलमा रहेको ब्यालेन्सको जानकारी लिन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न प्रयोग हुने सर्ट कोड सबै सेवा प्रदायकको एउटै हुने भएको हो। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको छ। यसअघिसम्म सेवा प्रदायक अनुसार आ-आफ्नै छुट्टै कोड प्रयोग हुँदै आएको थियो। जसमा नेपाल टेलिकमको मोबाइल ब्यालेन्स चेक गर्न *४००#, ब्यालेन्स ट्रान्सफर गर्न *४२२# र रिचार्जका लागि *४१२# प्रयोग हुँदै आएको थियो। त्यस्तै एनसेलमा मोबाइल ब्यालेन्स चेक गर्न *१०१#, ब्यालेन्स ट्रान्सफर गर्न *१७१२२# र रिचार्जका लागि *१०२# प्रयोग हुँदै आएको थियो। स्मार्ट सेलको हकमा मोबाइल ब्यालेन्स चेक गर्न *१२३#, ब्यालेन्स ट्रान्सफर गर्न *१३१# र रिचार्जका लागि *४२२# प्रयोग हुँदै आएको थियो। अब भने सबै सेवा प्रदायकले एउटै कोड प्रयोग गर्नुपर्ने छ । नयाँ कार्यविधि अनुसार अबको ६ महिनाभित्र सबै सेवा प्रदायकले ब्यालेन्स चेक गर्न १४४, ब्य...