घरमै विकास गरियो यार्सागुम्बा र ४० प्रजातिका च्याउ

तपाईहरूलाई पढ्दा अचम्म लाग्न सक्छ, अब यार्सागुम्बा हिमाली क्षेत्रका ठूला पाटन तथा खर्कमा मात्र होइन घरको कोठामा पनि विकास गर्न सकिने भएको छ । पोखरा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक टिकाराम अर्यालले कोठामै यार्सागुम्बा फलाएका छन् । हिमालय च्याउ फार्ममा उनले विशेष प्रविधिमार्फत यार्सागुम्बा विकास गरेका हुन् । उनले घरको कोठामै नेपाली प्रविधिमार्फत यार्सागुम्बा विकास गर्न थालेको २ वर्ष भयो । विकास गरेको यार्सागुम्बा कोठाको किट (डब्बा) मा बढ्छ, माटो वा कुनै टिस्यु कल्चरमा होइन । विगत १८ वर्षदेखि विभिन्न प्रजातिका च्याउको कल्चर बैंक स्थापना गरेर नेपाली वनस्पति विज्ञान (बोटनी) मा नयाँ आयाम थपिरहेका प्राध्यापक अर्यालले नेपालमै प्रविधिको विकास गरी घरभित्रको कोठामा बहुमूल्य तथा बहुगुणी यार्सागुम्बा विकास गरेका हुन् । अहिले उनले किटमा विकास गरेको यार्सागुम्बा प्रतिगोटा एक हजार अथवा धेरै लिनेलाई त्यसको आधा मूल्यमा उपलब्ध गराइ रहेका छन् । अन्तर्राष्ट्रिय बजारमा यार्सागुम्बालाई अत्यन्त महँगो र महत्वका साथ लिइन्छ । विशेषतः नेपालको हिमाली जिल्ला र तिब्बतको केही स्थानमा किराको रुपमा...