Posts

अब मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न एउटै सर्ट कोड

Image
  अबदेखि मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्नसबै सेवा प्रदायकको एउटै सर्ट कोड हुने भएको छ। मोबाइलमा रहेको ब्यालेन्सको जानकारी लिन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न प्रयोग हुने सर्ट कोड सबै सेवा प्रदायकको एउटै हुने भएको हो। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको छ। यसअघिसम्म सेवा प्रदायक अनुसार आ-आफ्नै छुट्टै कोड प्रयोग हुँदै आएको थियो। जसमा नेपाल टेलिकमको मोबाइल ब्यालेन्स चेक गर्न *४००#, ब्यालेन्स ट्रान्सफर गर्न *४२२# र रिचार्जका लागि *४१२# प्रयोग हुँदै आएको थियो। त्यस्तै एनसेलमा मोबाइल ब्यालेन्स चेक गर्न *१०१#, ब्यालेन्स ट्रान्सफर गर्न *१७१२२# र रिचार्जका लागि *१०२# प्रयोग हुँदै आएको थियो। स्मार्ट सेलको हकमा मोबाइल ब्यालेन्स चेक गर्न *१२३#, ब्यालेन्स ट्रान्सफर गर्न *१३१# र रिचार्जका लागि *४२२# प्रयोग हुँदै आएको थियो। अब भने सबै सेवा प्रदायकले एउटै कोड प्रयोग गर्नुपर्ने छ । नयाँ कार्यविधि अनुसार अबको ६ महिनाभित्र सबै सेवा प्रदायकले ब्यालेन्स चेक गर्न १४४, ब्य...

निजी वनमा किसानको आकर्षण

Image
  भद्रपुर, झापामा धान खेत मासेर किसानले निजी वन लगाउन थालेका छन् । किसानले पछिल्लो समय निजी वनलाई बहुउत्पादनमूलक वनाएका छन् । जसबाट धान खेतीभन्दा बढी आम्दानी हुने गरेको छ । झापामा यस्ता किसानको सङ्ख्या ४३० पुगिसकेको छ । तीस वर्षदेखिको जुत्ता चप्पलको व्यापार छाडेर काठमाडौँबाट गाउँ फर्किएका कनकाई नगरपालिका–६ का शान्तिराज प्रसाईले चार बिगाहा धान खेतलाई निजी कृषि वनमा रुपान्तरण गर्नुभएको छ । उहाँले कृषि वनमा टिक, मसला, रक्तचन्दन र पाउलेनियाका विरुवा हुर्काउनु भएको छ । “दिनमा एकपल्ट वनमा नगई चित्त बुझ्दैन, हरियाली बढेको छ, चरा चिरबिराउँछन्,” सात वर्षदेखि कृषि वनमा रमाउनु भएका उहाँ भन्नुहुन्छ, “धान मात्र बाली होइन, अरु फलफूल लगाउँदा त्योभन्दा धेरै आम्दानी हुन्छ भनेर यता लागेको हुँ ।” उहाँले हुर्किदै गरेका ठूला रुख भएको वनभित्रै बेसार, केरा, मेवा, कागती, लिची, आप, अनारलगायत विभिन्न जातका फलफूलका बगैँचासमेत लगाउनुभएको छ । कृषि वनको जगेर्नाका लागि उहाँले पाथीभरा अग्र्यानिक कृषि प्रोडक्सन प्रालि नामक संस्था दर्ता गर्नुभएको छ । “गर्दा हुँदोरहेछ, धान खेत मासेर कृषि वन शुरु गरे, सन्तुष्ट छु्,”,...

लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल

Image
  ध्यान कुलुङ सङ्खुवासभा, भदौ २२ गते । हामीले विदेशमा एउटै बोटमा धान्न नसक्ने गरी गोलभेँडा फलेको देखेका हौँ तर अहिले नेपालमा त्यो पनि पहाडी जिल्लामा टनेलमा यस्तै खेती शुरु गरिएको छ । लकडाउनको समयमा आमनागरिक घरभित्रै रहिरहँदा दुई दाजुभाइलाई भने टमाटर खेतीले भ्याईनभ्याई छ । खाँदबारी नगरपालिका-४ पांमामा १० रोपनी क्षेत्रफलमा लगाइएको गाेलभेँडा राम्रो मूल्यमा बिक्री गरिरहेका बलबहादुर राई र गङ्गाराज कुलुङले मनग्गे आम्दानी लिइरहनुभएको छ । यो समयमा टमाटरको माग उच्च हुन्छ भन्ने बुझेका दाजुभाइले हाल दैनिक तीन सय किलोभन्दा बढी टमाटर उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । अन्य सिजनको समयमा भन्दा यो बेला उच्च मूल्यसमेत पाउने भएकोले टनेल बनाएर टमाटर उत्पादन गर्नुभएको हो । अहिले सङ्खुवासभाको बजारमा टमाटरको मूल्य प्रतिकिलो १६० रुपियाँ छ । जिल्लाका व्यापारीहरूलाई भने १२० रुपियाँको दरले उपलब्ध गराउँदै आउनुभएको छ । हाल भइरहेको उत्पादनले सम्पर्कका व्यापारीहरूको माग धान्न नसकेको कृषक बलबहादुर राईको भनाइ छ । लकडाउनको समयमा तराईको तरकारीहरू अत्यन्तै कम आउने र स्थानीय उत्पादन पनि न्यून भएको...

श्रवण सरल नहीं, बड़ी कला है

Image
राग, द्वेष, मोह और तृष्णा के कारण धर्म-श्रवण नहीं हो पाता। पूर्वाग्रहों के कारण धर्म-श्रवण नहीं हो पाता। भय के कारण धर्म-श्रवण नहीं हो पाता है। एक दिन कुछ उपासक भगवान के चरणों में धर्म-श्रवण के लिए आए। उन्होंने बड़ी प्रार्थना की भगवान से कि आप कुछ कहें, हम दूर से आए हैं। बुद्ध चुप ही रहे। उन्होंने फिर से प्रार्थना की, तो फिर बुद्ध बोले। जब उन्होंने तीन बार प्रार्थना की तो बुद्ध बोले। उनकी प्रार्थना पर अंततः भगवान ने उन्हें उपदेश दिया, लेकिन वे सुने नहीं। दूर से तो आए थे, लेकिन दूर से आने का कोई सुनने का संबंध! शायद दूर से आए थे तो थके-मांदे भी थे। शायद सुनने की क्षमता ही नहीं थी। उनमें से कोई बैठे-बैठे सोने लगा और कोई जम्हाइयां लेने लगा। कोई इधर-उधर देखने लगा। शेष जो सुनते से लगते थे, वे भी सुनते से भर ही लगते थे, उनके भीतर हजार और विचार चल रहे थे। पक्षपात, पूर्वाग्रह, धारणाएं, उनके पर्दे पर पर्दे पड़े थे। उतना ही सुनते थे जितना उनके अनुकूल पड़ रहा था, उतना नहीं सुनते थे जितना अनुकूल नहीं पड़ रहा था। और बुद्धपुरुषों के पास सौ में एकाध ही बात तुम्हारे अनुकूल पड़ती है। बुद्ध कोई पंडित थोड़े ही...

३० अर्बको धान चामल आयात

Image
  आज असार १५ अर्थात धान दिवस । सरकारले २०६२ सालदेखि धान दिवस मनाउन थालिएको हो । सरकारले डेढ दशकदेखि धानको उत्पादनलाई वृद्धि गर्न धान दिवस मनाए पनि नेपालमा भने भने वर्षीनै ३० अर्ब रुपैयाँभन्दा माथिको चामल विभिन्न देशबाट भित्रने गरेको छ । धान उत्पादन बढाउन सरकारले मलमा अनुदान दिनुका साथै सिँचाइमा ठूलो लगानी गरेको छ । कृषि प्रधान देश भएपनि  पनि नेपाली बजारलाई आवश्यक पर्ने धान भने उत्पादन गर्न सकिरहेका छैनौं ।  चालु आर्थिक वर्षको ११ महिनामा मात्रै नेपालले ३० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । आर्थिक वर्ष २०७५/७६ को १२ महिनामा करिब ३२ अर्बको धान र चामल आयात भएको थियो । कुल आयात भएको धान चामलमा ९ अर्ब रुपैयाँ बराबरको धान आयात भएको छ भने २० अर्ब रुपैयाँ बढीको चामल रहेको छ । बीउबीजनको प्रयोजनको लागि पनि केही धान आयात भएको देखिएको छ । सरकारले धेरै धान उत्पादन गर्ने उद्देश्य सहित विदेशबाट पनि उन्नत धानको बिउ आयात गर्दै आएको छ । यस वर्ष समग्र आयात १५ प्रतिशतभन्दा बढीले घटेपनि चामल आयात भने नघट्ने देखिएको छ । यो वर्ष समग्र आयात घटेको देखिए पनि धान र चामलको आयात ...

रोग प्रतिरोधात्मक क्षमता बढाउन चाहनुहुन्छ ? नियमित यी खानेकुरा खानुहोस्

Image
  कोरोना भाइरससँग लड्नको लागि शरीरमा रोग प्रतिरक्षा प्रणालीको विकास गर्न यो धेरै महत्वपूर्ण छ । भिटामिन-सी समृद्ध चीजहरूले प्रतिरक्षाको स्तर बढाउन सक्ने विज्ञहरुले सुझाव दिएका छन् ।  अमला क्लिनिकल ट्रायल कम्युनिकेसनमा प्रकाशित एउटा रिपोर्टका अनुसार अमलाले रगतको मात्रामा सुधार गर्न र आक्सीडेटिव तनावको बायोमार्कर कम गर्न मद्दत गर्दछ । अमला भिटामिन सीको एक राम्रो स्रोत पनि हो । थप रूपमा यसले शरीरको लागि आवश्यक प्रोटीन, आइरन र फाइबर पनि समावेश हुन्छ । यो दैनिक खाएर रोग प्रतिरक्षा प्रणाली पनि मजबूत बनाउन सकिन्छ ।  सुन्तलामा धेरै पोषक तत्वहरू छन्। यसको ठूलो विशेषता भनेको यसमा पाइने क्यालोरीहरू हो । सुन्तला कुनै पनि प्रकारको संतृप्त फ्याट वा कोलेस्ट्रोलमा जन्य पदार्थ हुँदैन । यसमा फाइबर पाइनका साथै शरीरबाट हानिकारक पदार्थहरू बाहिर निकाल्दछ । सुन्तलाले पाचन प्रणालीहरूको लागि टानिकको रूपमा काम गर्दछ र प्रतिरोध क्षमता पनि सुधार गर्दछ । मेवा सुन्तला पनि कम क्यालोरी र फाइबरको राम्रो स्रोत हो। मेवाले शरीरलाई डिटोक्सिफाई गरेर पाचन सुधार गर्दछ । मेवाको दैनिक सेवनबाट पाचन प्रणालीमा रहेका...

परनिर्भरता बढ्दै, ५ वर्षमा ८ खर्बको कृषिजन्य वस्तु आयात

Image
  सरकारले कृषिजन्य उत्पादनमा परनिर्भरता घटाउन विभिन्न महत्वपूर्ण ठूला परियोनजा लागू गरेपनि वर्षैपिच्छे कृषि जन्य उत्पादको आयात भने बढ्दै गएको छ । उत्पादकत्व बढाउन सरकारी ढुकुटीबाट वर्षीनै ठूलो रकम खन्याए पनि धान, चामल, मकै, गहुँ, कोदो, फापर, जौ जस्ता प्रमुख अन्नबाली, तेलहन, फलफूल तथा हरियो तरकारी समेत हामीले विदेशबाट ल्याएर खाने गरेका छौं । विगत ५ वर्षमा करिब ८ खर्ब रुपैयाँको कृषिजन्य वस्तु विभिन्न देशबाट आयात भएको छ ।  गत आर्र्थिक वर्ष २०७६/७७ मामात्रै दुई खर्ब ४३ अर्ब रुपयाँको कृषि वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ । विभिन्न देशबाट खाद्यान्न, फलफूल, तरकारी तथा चियाकफिलगायतका कृषिजन्य वस्तु आयात भएको हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा दुई खर्ब २४ अर्बको कृषिजन्य वस्तु आयात भएको थियो । आव २०७२/७३ मा जम्मा साढे १ खर्बको यस्ता वस्तु आयात भएका थिए । ५ वर्षको अन्तरालमा ९३ अर्ब रुपैयाँले कृषिजन्य वस्तुको आयात बढेको छ अर्थात यो अवधिमा यस्तो आयात ६२ प्रतिशतले बढेको छ । खाद्यान्नमात्र होइन हामी दूधदेखि माछामासुसम्म, चामलदेखि चियाचिनी र मसलासम्म विदेशबाट आयात भएको छ । गत आ...