लोक सेवा आयोग: एकीकृत परीक्षा प्रणाली
लोक सेवा आयोगद्वारा सङ्गठित संस्थाहरूको पदपूर्तिमा नयाँ एकीकृत परीक्षा प्रणाली लागू लोक सेवा आयोगले सङ्गठित संस्थाहरूको लिखित परीक्षालाई अझै बढी प्रभावकारी बनाउने क्रममा एक महत्त्वपूर्ण निर्णय गरेको छ। आयोगले आर्थिक वर्ष २०८२/८३ देखि अप्राविधिक तर्फका केही पदहरूका लागि एकीकृत पूर्वयोग्यता परीक्षा (Integrated Pre-Qualification Examination) सञ्चालन गर्ने घोषणा गरेको छ। यो सूचना आयोगको मिति २०८२/०३/१९ को निर्णय अनुसार प्रकाशन गरिएको हो र सम्बन्धित निकायहरूलाई कार्यान्वयनका लागि निर्देशन समेत दिइएको छ। के हो एकीकृत पूर्वयोग्यता परीक्षा? एकीकृत पूर्वयोग्यता परीक्षा, लोक सेवा आयोग आफैले सञ्चालन गर्ने एक प्रारम्भिक चरणको परीक्षा हो। यो परीक्षा पास गरेपछि मात्र उम्मेदवारहरू विभिन्न सङ्गठित संस्थाहरूले खुलाउने पदपूर्ति विज्ञापनमा आवेदन दिन योग्य हुनेछन्। मुख्य विशेषताहरू: लागू हुने पदहरू : यो परीक्षा सङ्गठित संस्थाका अप्राविधिक तर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह, वा चौथो तह वा सो सरहका पदहरूको खुला प्रतियोगिताका लागि अनिवार्य हुनेछ। न्यूनतम शैक्षिक योग्यता : यस पूर्वयोग्यता परी...