प्रभावकारी शिक्षण र सिकाईको लागि शिक्षक-शिक्षिकाले ध्यान दिनुपर्ने कुराहरु
हरेक दिन कक्षामा पढाउने कुराको तयारी गर्ने ।
हँसिलो अनुहार बहाएर सिकाउने ।
बालबालिकालई उत्साहित गराउने ।
विस्तारै बुझ्ने गरेर सिकाउने ।
उनीहरुले बुझ्ने भाषा प्रयोग गर्ने ।
सरलबाट जटिल कुराहरु सिकाउने ।
बालबालिका बीच भेदभाव नगर्ने ।
व्यवहारिक जीवनका घटना पनि कक्षामा प्रस्तुत गर्ने ।
बालबालिकाको प्रसंसा गर्ने ।
बालबालिकाको कुरा ध्यानपूर्वक सुन्ने ।
बालबालिकाको सिकाईतह र पृष्ठभूमि बारे बुझ्ने ।
विषयगत हाजिरिजवाफ प्रतियोगिता गराउने ।
बालबालिकाको गोपनियता कायम राख्ने ।
शारीरिक सजाय नदिने ।
बेलाबेलाफ फीडब्याक लिने ।
बालबालिकालाई गल्ती र व्यवहार सुधार्ने मौका दिने ।
Comments
Post a Comment