Posts

Showing posts from September, 2020

अब मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न एउटै सर्ट कोड

Image
  अबदेखि मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्नसबै सेवा प्रदायकको एउटै सर्ट कोड हुने भएको छ। मोबाइलमा रहेको ब्यालेन्सको जानकारी लिन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न प्रयोग हुने सर्ट कोड सबै सेवा प्रदायकको एउटै हुने भएको हो। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको छ। यसअघिसम्म सेवा प्रदायक अनुसार आ-आफ्नै छुट्टै कोड प्रयोग हुँदै आएको थियो। जसमा नेपाल टेलिकमको मोबाइल ब्यालेन्स चेक गर्न *४००#, ब्यालेन्स ट्रान्सफर गर्न *४२२# र रिचार्जका लागि *४१२# प्रयोग हुँदै आएको थियो। त्यस्तै एनसेलमा मोबाइल ब्यालेन्स चेक गर्न *१०१#, ब्यालेन्स ट्रान्सफर गर्न *१७१२२# र रिचार्जका लागि *१०२# प्रयोग हुँदै आएको थियो। स्मार्ट सेलको हकमा मोबाइल ब्यालेन्स चेक गर्न *१२३#, ब्यालेन्स ट्रान्सफर गर्न *१३१# र रिचार्जका लागि *४२२# प्रयोग हुँदै आएको थियो। अब भने सबै सेवा प्रदायकले एउटै कोड प्रयोग गर्नुपर्ने छ । नयाँ कार्यविधि अनुसार अबको ६ महिनाभित्र सबै सेवा प्रदायकले ब्यालेन्स चेक गर्न १४४, ब्य...

निजी वनमा किसानको आकर्षण

Image
  भद्रपुर, झापामा धान खेत मासेर किसानले निजी वन लगाउन थालेका छन् । किसानले पछिल्लो समय निजी वनलाई बहुउत्पादनमूलक वनाएका छन् । जसबाट धान खेतीभन्दा बढी आम्दानी हुने गरेको छ । झापामा यस्ता किसानको सङ्ख्या ४३० पुगिसकेको छ । तीस वर्षदेखिको जुत्ता चप्पलको व्यापार छाडेर काठमाडौँबाट गाउँ फर्किएका कनकाई नगरपालिका–६ का शान्तिराज प्रसाईले चार बिगाहा धान खेतलाई निजी कृषि वनमा रुपान्तरण गर्नुभएको छ । उहाँले कृषि वनमा टिक, मसला, रक्तचन्दन र पाउलेनियाका विरुवा हुर्काउनु भएको छ । “दिनमा एकपल्ट वनमा नगई चित्त बुझ्दैन, हरियाली बढेको छ, चरा चिरबिराउँछन्,” सात वर्षदेखि कृषि वनमा रमाउनु भएका उहाँ भन्नुहुन्छ, “धान मात्र बाली होइन, अरु फलफूल लगाउँदा त्योभन्दा धेरै आम्दानी हुन्छ भनेर यता लागेको हुँ ।” उहाँले हुर्किदै गरेका ठूला रुख भएको वनभित्रै बेसार, केरा, मेवा, कागती, लिची, आप, अनारलगायत विभिन्न जातका फलफूलका बगैँचासमेत लगाउनुभएको छ । कृषि वनको जगेर्नाका लागि उहाँले पाथीभरा अग्र्यानिक कृषि प्रोडक्सन प्रालि नामक संस्था दर्ता गर्नुभएको छ । “गर्दा हुँदोरहेछ, धान खेत मासेर कृषि वन शुरु गरे, सन्तुष्ट छु्,”,...

लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल

Image
  ध्यान कुलुङ सङ्खुवासभा, भदौ २२ गते । हामीले विदेशमा एउटै बोटमा धान्न नसक्ने गरी गोलभेँडा फलेको देखेका हौँ तर अहिले नेपालमा त्यो पनि पहाडी जिल्लामा टनेलमा यस्तै खेती शुरु गरिएको छ । लकडाउनको समयमा आमनागरिक घरभित्रै रहिरहँदा दुई दाजुभाइलाई भने टमाटर खेतीले भ्याईनभ्याई छ । खाँदबारी नगरपालिका-४ पांमामा १० रोपनी क्षेत्रफलमा लगाइएको गाेलभेँडा राम्रो मूल्यमा बिक्री गरिरहेका बलबहादुर राई र गङ्गाराज कुलुङले मनग्गे आम्दानी लिइरहनुभएको छ । यो समयमा टमाटरको माग उच्च हुन्छ भन्ने बुझेका दाजुभाइले हाल दैनिक तीन सय किलोभन्दा बढी टमाटर उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । अन्य सिजनको समयमा भन्दा यो बेला उच्च मूल्यसमेत पाउने भएकोले टनेल बनाएर टमाटर उत्पादन गर्नुभएको हो । अहिले सङ्खुवासभाको बजारमा टमाटरको मूल्य प्रतिकिलो १६० रुपियाँ छ । जिल्लाका व्यापारीहरूलाई भने १२० रुपियाँको दरले उपलब्ध गराउँदै आउनुभएको छ । हाल भइरहेको उत्पादनले सम्पर्कका व्यापारीहरूको माग धान्न नसकेको कृषक बलबहादुर राईको भनाइ छ । लकडाउनको समयमा तराईको तरकारीहरू अत्यन्तै कम आउने र स्थानीय उत्पादन पनि न्यून भएको...