लोक सेवा आयोग (PSC) को परीक्षा पास गर्नु धेरै युवाहरूको सपना हुन्छ। यो यात्रा लामो, कठिन र चुनौतीहरूले भरिएको हुन सक्छ। कडा परिश्रम र सही रणनीति जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण छ— स्व-उत्प्रेरणा । सफलतामा मनोवैज्ञानिक पक्षले ठूलो भूमिका खेल्छ। जब तपाईं भित्रैबाट प्रेरित हुनुहुन्छ, तब कुनै पनि बाधाले तपाईंलाई रोक्न सक्दैन। पढाइलाई प्रेम गर्नुहोस्, बोझ नसम्झनुहोस् भनिन्छ, "पढाइ उसको लागि बोझ होइन, जो आफ्नो मिशनलाई प्रेम गर्दछ। पढाइ त उसको लागि बोझ हो, जो आफ्नो लक्ष्यलाई प्रेम गर्दैन।" एकछिन सोच्नुहोस् त, के छोराछोरी आफ्ना आमाबुबाका लागि बोझ हुन्छन्? कहिल्यै हुँदैनन्। किनकि छोराछोरी उनीहरूको जीवनको सबैभन्दा ठूलो लक्ष्य र प्रेम हुन्। तपाईंको लागि बुबा हरेक दुःख सहन सक्नुहुन्छ, आमा जे पनि गर्न सक्छिन्, किनकि उनीहरू तपाईंलाई निस्वार्थ माया गर्छन्। जब तपाईं यही पवित्र स्नेह र प्रेम आफ्नो पढाइसँग, आफ्नो लक्ष्यसँग जोड्नुहुन्छ, तब तपाईंलाई रातमा निद्राले सताउने छैन, दिनमा अल्छी लाग्ने छैन। तपाईंको लागि हरेक पाना पल्टाउनु एउटा नयाँ कुरा सिक्ने अवसर बन्नेछ। जाग्नेले नै संसार जि...