Posts

Showing posts from October, 2020

अमेरिकी फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान र रोग किरा व्यवस्थापन

Image
  -कृष्ण आचार्य भरतपुर, १५ असोज : चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ । देशभर प्रकोपको रुपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन् । उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा सङ्कलन गरिरहेका छन् । विभिन्न तरिकाले अनुसन्धान र परीक्षण सञ्चालन गरिरहेको अनुसन्धान कार्यक्रमले फौजीकीराको अण्डा सङ्कलन गरेको जनाएको छ ।     विगतका वर्षहरुमा नेपाल भित्रिएको अमेरिकन फौजीकीराले देशभर मकै बालीमा ठूलो क्षति पु¥याएको छ । अण्डा सङ्कलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने भएकाले सङ्कलन गरेको अनुसन्धान कार्यक्रमका वैज्ञानिक घनश्याम भण्डारीले बताउनुभयो । अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ । यसले पातको तल्लो भागमा अण्डा पार्छ । कहिलेकाँही माथिल्लो भागमा पनि यसले अण्डा पार्छ । यसले एउटा मकैको पातमा १५० देखि २०० अण्डा पार्छ । १५ देखि २१ दिनको जीवन अवधिमा यसले १ हजार ५०० देखि २ हजार अण्डा पार्ने भण्डारीले जानकारी दिनुभयो । “अण्डा सङ्कलनगरियो भने ...

कृषक संरक्षणविनाको कृषि विकास

Image
  सुशील पौडेल २०७७ जेठ ३२ गते १३:१४ मा प्रकाशित नेपालको अध्यावधिक योजना, राष्ट्रिय कृषि नीति र कृषि वस्तु सम्बन्धित दर्जन बढी नीतिहरूमा कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यवसायीकरण र वातावरणीय अनुकूल कृषि प्रविधिको विकासलाई मुख्य रणनीतिको रुपमा राख्ने गरिएको छ । कोरोना महामारीले खुम्च्याएको पर्यटन, यातायातलगायत व्यक्ति स्वयं सम्पर्कमा रहेरमात्र प्रदान गरिने सेवा र वैदेशिक रोजगारीबाट विस्थापित श्रमिकको व्यवस्थापनका लागि कृषि क्षेत्र राम्रो विकल्पको रुपमा रहेको हुँदा आ.व. २०७७/७८ को बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । आ.व. २०७६/७७ मा कृषिको आन्तरिक उत्पादन ११८५ अर्ब हुने, कृषि उपजको आयात मासिक सरदर १८ अर्बको दरले २१६ अर्ब र  निर्यात मासिक सरदर ४ अर्बका दरले ४८ अर्ब रहने अनुमानको आधारमा नेपालमा १,३५३ अर्बको कृषि उपज खपत हुने गर्दछ । आयातित कृषि वस्तुको मुख्य सूचीमा खसीको मासु, माछा, चामल, मकै, गहुँ, चना, केराउ, आलु, प्याजलगायतका हरियो तरकारी, फलफूल, तेलहन, रक्सीको खाद र खाद्य पदार्थबाट बनेका वस्तुहरू रहेका छन् । प्राविधिक रुपमा सहजै उत्पादन गर्न सकिने ...

॥ बच्चे को जन्म देने की प्रक्रिया पर ओशो की अंतर्दृष्टी ॥

Image
फ्रांस का एक मनोवैज्ञानिक मां के पेट से बच्चा पैदा होता है तो उसको एकदम से टब में रखता है--गरम पानी में, कुनकुने। और चकित हुआ है यह जान कर कि बच्चा इतना प्रफुल्लित होता है कि जिसका कोई हिसाब नहीं। तुम यह जान कर हैरान होओगे कि इस मनोवैज्ञानिक ने--उस मनोवैज्ञानिक का सहयोगी मेरा संन्यासी है, उस मनोवैज्ञानिक की बेटी मेरी संन्यासिनी है--पहली बार मनुष्य जाति के इतिहास में बच्चे पैदा किए हैं, जो रोते नहीं पैदा होते से, हंसते हैं। हजारों बच्चे पैदा करवाए हैं उसने। वह दाई का काम करता है। उसने बड़ी नई व्यवस्था की है। पहला काम कि बच्चे को पैदा होते से ही वह यह करता है कि उसे मां के पेट पर लिटा देता है, उसकी नाल नहीं काटता। साधारणतः पहला काम हम करते हैं कि बच्चे की नाल काटते हैं। वह पहले नाल नहीं काटता, वह पहने बच्चे को मां के पेट पर सुला देता है। क्योंकि वह पेट से ही अभी आया है, इतने जल्दी अभी मत तोड़ो। बाहर से भी मां के पेट पर लिटा देता है और बच्चा रोता नहीं। मां के पेट से उसका ऐसा अंतरंग संबंध है; अभी भीतर से था, अब बाहर से हुआ, मगर अभी मां से जुड़ा है। और नाल एकदम से नहीं काटता। जब तक बच्चा सांस ...

काउली वर्गको तरकारीमा लाग्ने कालो कुहिने रोग

Image
  डा. रामदेवी तिमीला , रोगको परिचय : काउली वर्गको तरकारी खेती गरिने सबैजसो क्षेत्रहरुमा यो रोग लागेको पाईन्छ । नेपालमा पनि काउली, बन्दा, मूला, रायो, ब्रोकाउली, चाईनिज् बन्दा आदि बालीहरुमा यो रोग लागेको देखिएको छ । आद्र वातावरणमा पाईने यो रोग उष्ण र अर्धउष्ण वातावरण भएको क्षेत्रहरुमा बढी फैलिएको छ । चिसो बढी भएको ठाउँहरुमा यस रोगबाट हुने नोक्सानी न्यानो ठाउँहरुको दाँजोमा कमै हुन्छ । तर अनुकूल वातावरणमा रोगको कारणले गर्दा सम्पूर्ण बाली नष्ट हुन सक्छ । कालो कुहिने रोगको कारणबाट उत्पादनमा विभिन्न किसिमले ह्रास आउन सक्छ । नेपालमा यो रोग सर्वप्रथम २०२२ सालमा देखा परेको उल्लेख छ । रोगले ५० देखि १०० प्रतिशतसम्म बाली नष्ट गर्न सक्ने भएतापनि नेपालमा काउलीमा ६० प्रतिशत भन्दा बढी उत्पादनमा ह्रास आएको उल्लेख छ भने पुरै बन्दा बाली नष्ट भएको पनि पाईएको छ । जान्थोमोनास् क्याम्पेस्त्रिस् पीभी क्याम्पेस्त्रिस् (Xanthomonas campestris pv. Campestris) नामक शाकाणुको कारणले यो रोग लाग्ने गर्दछ । रोगको लक्षणः यो रोगले बालीको कुनै पनि अवस्थामा आक्रमण गर्न सक्दछ । ब्याडमा बेर्नाको दलीय पातको किनारा डढेर का...

इजरायलसँग कृषि र श्रम सम्झौता

Image
  काठमाडौँ, १५ असोज : नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिनेछ ।     सो समझदारीपत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गर्नुभएको छ । इजरायली अन्तरराष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा सो हस्ताक्षर भएको हो । नेपालका तर्फबाट हस्ताक्षर गर्न यही असोज ११ गते बसेको मन्त्रिपरिषद्ले सहमति दिएको थियो ।     विश्वका सयभन्दा बढी मुलुकका विज्ञलाई तालीम र सीप विकासको तालीमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो । राजदूत शाक्यले आफूले जिम्मेवारी सम्हालेर इजरायल आएदेखि नै सो विषयमा निरन्तर पहल गरेको र सफलता प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अव...

व्यावसायिक बेसार खेतीमा कृषकको आकर्षण

Image
परासी, १६ असोज : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक बसार खेतीतर्फ आकर्र्षित भएका छन् । पछिल्लो समय बेसारको माग बढ्दै जानाका साथै राम्रो आम्दानी हुने भएकाले यहाँका कृषकले व्यावसायिक रुपमा बेसार खेती गर्न थालेका हुन् ।     जिल्लामा व्यक्तिगत तथा सहकारीमार्फत बेसार खेती शुरु गरिएको छ । शुद्ध बेसारको माग बढ्दै गएकाले सहकारीमार्फत आफूहरुले व्यावसायिक रुपमा बेसार खेती शुरु गरेको सुनवल लघु उद्यमी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरबहादुर खड्काले बताउनुभयो । सुनवल नगरपालिका–१ मा सहकारीले बन्दाबन्दीकै बीचमा बेसार खेती शुरु गरेको हो । सहकारीमार्फत व्यावसायिक बेसार खेती गरिएको यो जिल्लामै पहिलो हो । मसला उद्योग सञ्चालन गरी बजारमा शुद्ध बेसार(धुलो) उपलब्ध गराउने उद्देश्यले सहकारी आफैँले यसको खेती थालेको उहाँको भनाइ छ । यसबाट खेती गर्नेलाई रोजगारी मिल्ने र अन्य शेयर सदस्यलाई यसको खेती गर्न उत्प्रेरित गर्ने संस्थाले अपेक्षा लिएको छ ।     बजारमा मिसावट बेसार मात्र पाइने भएकाले शुद्ध बेसारको माग बढ्दो छ । “ठूलो क्षेत्रफलमा बेसार खेती गर्ने सोचका साथ हामील...